हिमालयन शेर्पा बागमती गोल्डकपको फाइनलमा

युभेन्टस र एसी मिलानबीचको पहिलो लेग, जुन खेल १-१ को बराबरीमा सकिएको थियो ।  

फाल्गुन ९, २०७६ | हेटौंडा

हिमालयन शेर्पा क्लब मकवानपुरमा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै शेर्पाले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । 

उपाधिका लागि शेर्पाले पर्सि आइतबार जावलाखेल युथ क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आज भएको खेलमा शेर्पाको जितमा विजय श्रेष्ठले दुई गोल गरे । खेलको ७ औं मिनेटमा च्यासलका डिफेन्डरले ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा विजय श्रेष्ठले गोल गर्दै खेलमा अग्रता बनाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा च्यासलका लागि विदेशी खेलाडी काजिम भुसाराले गोल गर्दै खेल बराबरी गोल पुर्‍याए । खेलको ७५ औं मिनेटमा पुन: विजय श्रेष्ठले गरेको गोल शेर्पाको जितको लागि पर्याप्त बन्यो । 

खेलमा हिमालयन शेर्पाका लागि दुई गोल गरेका श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।  


प्रतिक्रिया