एपिएफ र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदै

फाल्गुन १०, २०७६ | धनगढी

सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगीतामा आज विभागीय नेपाल एपिएफ र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । सुदुरपश्चिम ११ स्र्पोटिङ क्लबले आयोजना गरेको प्रतियोगीताको खेल धनगढी रंगशालामा दिउँसो ३ बजे पछि सुरु हुनेछ । 

शहिद स्मारक ए डिभिजन लिगमा सुखद प्रदर्शन गर्न नसकेको एपिफ सिजनका अन्य खेलमा राम्रो प्रदर्शन गर्ने योजना सहित मैदान उत्रनेछ । सिजन राम्रो सुरुवात गर्न नसकेको एपिएफलाई हराउँदै क्वाटरफाइनल प्रवेशको योजना एनआरटीको छ । 

चौथो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकपको हिजो भएको उद्धघाटन खेलमा भारतको कञ्चनजंगा फुटबल क्लब विजयी भएको छ । पेनाल्टी सुटआउटमा कञ्चनजंगाले बाग्मती फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । प्रतियोगीतामा २ विदेशी सहित १२ टोलीको सहभागीता रहेको छ । जसमा ए डिभिजन लिग खेल्ने ६ टोली छन् । 


प्रतिक्रिया