आहा रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि

फाल्गुन १०, २०७६ | पोखरा

– आहा रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि गरिएको छ । पोखरा रंगशालामा फागुन २२ देखि हुने मोफसलको बहुप्रतिष्ठित प्रतियोगिताको १८ औं संस्करणको पुरस्कार राशिमा बृद्धि गरिएको हो । आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन गरेर पुरस्कार राशिमा बृद्धि गरिएको जनाएको हो । 

च्याम्पियन हुने टोलीले १० लाख १ हजार प्राप्त गर्नेछ । दोस्रोले ५ लाख १ हजार पाउने छन् । गतवर्ष विजेताले ८ लाख १ रुपैया तथा दोस्रो भएकोले ४ लाख १ हजार रुपैया हात पारेको थियो । पोखरा रंगहालामा चैत १ गतेसम्म हुने प्रतियोगितामा १ विदेशीसहित १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । जस अन्र्तगत ‘ए’ डिभिजनका ७ सहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया