टर्कीका लिजेण्ड फुटबलर रुस्तु रिकबरलाई कोरोना संक्रमण

चैत्र १७, २०७६

टर्कीका लिजेण्ड फुटबलर रुस्तु रिकबर कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका छन् । टर्कीका लागि सर्वाधिक १ सय २० खेल खेल्ने गोलकिपर रुस्तुलाई हिजो अस्पताल भर्ना गरिएको हो ।

कोरोनाको संक्रमण अचानक देखिएको र त्यसको लक्षणहरु द्रुत गतिमा फैलिरहेको रुस्तुका श्रीमती इसील रिकबरले बताएकी छन् ।

बार्सिलोनाका पूर्व गोलकिपर ४६ वर्षिय रुस्तुले सन् २००२ मा जापान र कोरियामा भएको विश्वकपमा टर्कीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए । उनी सो विश्वकपको प्लेयर अफ दि टुर्नामेन्ट समेत चुनिएका थिए । रुस्तु अस्पताल भर्ना भएपनि श्रीमती र दुई बच्चामा कोरोना नेगेटिभ देखिएको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया