ला लिगा आगामी जुनबाट पुन: शुरु गरिने

वैशाख २३, २०७७ | काठमाडौं

स्पेनको शीर्ष डिभिजनको लिग फुटबल ला लिगा आगामी जुनबाट पुन: शुरु गरिने भएको छ । क्लवहरुले यसै साता प्रशिक्षण थाल्ने र जुनको शुरुआतबाटै शीर्ष र दोस्रो डिभिजनको लिग थाल्ने योजना आयोजकको छ । खेलाडी र क्लवका कर्मचारीको स्वास्थ्य सुरक्षाका बारेमा क्लवले खेलकूद र स्वास्थ्य अधिकारीसँग प्रतिवद्धता जनाएपछि प्रशिक्षण गर्न दिन उनीहरु राजी भएका हुन् । तर, त्यसअघि सबै खेलाडीको स्वास्थ्य परीक्षण गरिने भएको छ । स्पेनमा गत मार्चबाट फुटबल अनिश्चित कालका लागि स्थगित थियो ।

शीर्ष डिभिजनको ला लिगा सञ्चालनका लागि विभिन्न नियमहरु समेत परिमार्जन गरिएको छ । ला लिगा आयोजकले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएका निर्देशिकाको पूर्ण पालना गर्दै खेलाडी र कर्मचारीको स्वास्थ्यमा कुनै जोखिम नपारी लिग आयोजना गरिने बताएको छ । ला लिगाको जारी सिजनमा ११ औं चरणका खेलहरु बाँकी नै छन् । लिग स्थगित हुँदा बार्सिलोना शीर्ष स्थानमा छ । र, ऊ दोस्रो स्थानको रियाल मड्रिडभन्दा २ अंकले अघि छ ।  


प्रतिक्रिया