क्लोस बार्यनका सहायक प्रशिक्षक

वैशाख २६, २०७७ | काठमाडौं

जर्मन राष्ट्रिय फुटबल टीमका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोस बार्यन म्युनिखका सहायक प्रशिक्षक नियुक्त भएका छन् । उनले आगामी सिजनबाट क्लवमा फरक भूमिका निर्वाह गर्ने भएका हुन् । सन् २०१६ मा खेलाडी जीवनको अन्त्य गरेका क्लोस हाल बार्यनको युवा टोलीको प्रशिक्षक छन् । क्लोसले जर्मनीबाट सन् २००१ देखि २०१४ सम्म १ सय ३७ खेल खेल्दै ७१ गोल गरेका छन् । बार्यनसँग उनले १ वर्षको अनुबन्ध गरेका हुन् ।

 उनले करियरका चार सिजन बार्यन म्युनिखमा बिताएका थिए । बार्यनको मुख्य प्रशिक्षकको रुपमा हेन्सी Ïिलकले पछिल्ला महिना सम्झौता गरेका थिए । सन् २०१४ मा जर्मनले विश्वकप उचाल्दा Ïिलक सहायक प्रशिक्षक थिए ।


प्रतिक्रिया