वेष्ट ईण्डिजले जुलाई ८ बाट ईङल्याण्ड भ्रमण गर्ने

जेष्ठ १२, २०७७ | एजेन्सी

वेष्ट ईण्डिजले जुन ८ बाट ईङल्याण्ड भ्रमण गर्ने भएको छ । ३ टेष्टको सिरिज खेल्न क्यारेबियन टोली लण्डन जान लागेको हो । वेष्ट ईण्डिज र ईङल्याण्डबिचको टेष्ट सिरिज भने जुलाई ८ बाट सुरु हुनेछ । 

क्यारेबियन टोली ईङल्याण्डमा १४ दिन आईसोलेशनमा बस्नेछ । त्यसपछि प्रशिक्षणमा जुट्ने छ । तीन टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्ट जुलाई ८ मा हुनेछ । दोस्रो जुलाई १६ देखी २० र तेस्रो सिरिज २४ देखी २८ का लागि तय गरिएको छ ।

ईङलिस टोलीले आसन्न सिरिजका लागि व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेको छ । क्रिकेट वेष्ट ईण्डिजले पनि सिरिजको तयारी सुरु गरिसकेको जनाएको छ । कोरोना सक्रमणका कारण क्रिकेटका सबै गतिविधि ठप्प भईरहेका बेला क्यारेबियन टोलीले लण्डन भ्रमण गर्न लागेको हो ।  


प्रतिक्रिया