२० वर्ष मुनिका उत्कृष्ट क्रिकेटरको सूचीमा सन्दिप र कुशल

जेष्ठ १२, २०७७ | काठमाडौं

२० वर्ष मुनिका उत्कृष्ट क्रिकेटरको सूचीमा नेपालका २ क्रिकेटर परेका छन् । युएईको मिडिया द नेशनलले सार्वजनिक गरेको उत्कृष्ट २० युवा क्रिकेटरको सूचीमा नेपालका सन्दिप लामिछाने र कुशल मल्ल अटाएका हुन् । 

अधिकांश टेष्ट राष्ट्रका खेलाडीको बाहुल्यता रहेको सुचीमा एसोसिएटतर्फ नेपाल, नेदरल्याण्डस् र युएईका खेलाडी अटाएका हुन् । सुचीमा सबैभन्दा बढी भारतका ४ क्रिकेटर परेका छन् । भारतका यस्हाबी जैसवाल, रभी बिस्नोई, कार्तिक त्यागी र प्रियम गर्ग सूचीमा रहँदा पाकिस्तन र बंगलादेशका समान ३–३ खेलाडी अटाएका छन् । 

बंगलादेशका अकबर अली, सोरिफुल ईस्लाम र राकिबुल हसन छन् । पाकिस्तानका निषम शाह, हैदर अली र राहिल नाजिर सुचीमा परेका छन् । नेपाल र अफगानिस्तानका समान २ खेलाडी रहेको सो सूचीमा वेष्ट ईण्डिज, अष्ट्रेलिया, युएई, ईङल्याण्ड, स्कटल्याण्ड र साउथ अफ्रिकाका एकएक जना युवा खेलाडीले स्थान बनाएका छन् ।

सूचीमा अफगानिस्तानका मुजिवउर रहमान र साफिउल्लाह गफारी रहदा क्यारेबियन टोलीका जेडन सीलेस पनि सूचीमा अटाएका छन् । 

अष्ट्रेलियाका तानभीर संघा, युएईका जोनाथन फिगी, ईङल्याण्डका हामिदुल्लाह क्वादरी, स्कटल्याण्डका टम म्याकिनटोस र साउथ अफ्रिकाका ब्रिस पारसोन उत्कृष्ट २० को सूचीमा परेका हुन् । 


प्रतिक्रिया