बार्यन म्युनिख जर्मन बुन्डेशलिगाको उपाधि नजिक

जेष्ठ १४, २०७७ | काठमाडौं

बोरुसिया डर्टमण्डलाई पराजित गरेसँगै लिग लिडर बार्यन म्युनिखले जर्मन बुन्डेशलिगा फुटबलको उपाधि यात्रा थप बलियो बनाएको छ । 

गएराति भएको खेलमा अर्को उपाधिको दाबेदार डर्टमण्डलाई १–० गोल अन्तरले पराजित गरेसँगै म्युनिखले उपाधि यात्रा थप बलियो बनाएको हो । 

बार्यनको जितका लागि जोसुआ किमिचिको एक मात्र गोल नै पर्याप्त रह्यो । जितसँगै बार्यनले आफ्नो अग्रता बढाएको छ । उसको २८ खेलबाट ६४ अंक छ भने समान खेल खेलेको डर्टमण्डको ५७ अंक छ । आरबी लिप्जिङ ५४ अंक सहित तेस्रो स्थानमा कायम छ ।


प्रतिक्रिया