बुण्डेसलिगा फुटबलमा बुधबार राति विभिन्न ५ खेल हुँदै

जेष्ठ १४, २०७७ | काठमाडौं

जर्मन बुण्डेसलिगा फुटबलमा बुधबार राति विभिन्न ५ खेल हुँदैछ । स्थानीय समय अनुसार साँझ साढे ५ बजे हुने पहिलो खेलमा बुण्डेसलिगा तालिकाको तेस्रो स्थानको आरबी लिप्जिङ र ११ औं स्थानको हर्थ बर्लिनबीच प्रतिस्पर्धा हुँदैछ । 

आजको खेल जितेमा लिप्जिङलाई दोस्रो स्थानमा उक्लिने छ भने बर्लिनलाई १ स्थान माथि उक्लने मौका मिल्नेछ । दोसो स्थानको बोरुसिया डर्टमण्डले अघिल्लो खेल हारेको थियो । 

२८ खेलबाट उसको ५७ अंक छ भने तेस्रो स्थानको लिप्जिङको २७ खेलबाट ५४ अंक छ । तुलनात्मक रुपमा बर्लिन भन्दा केही शसक्त टिम भएकाले लिप्जिङले आज सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।

आजै राति साढे १२ बजे युनियन बर्लिन र मेन्जबीच पनि प्रतिस्पर्धा हुँदैछ । १३ औं स्थानको बर्लिनले १५ औं स्थानको मेन्जलाई प्रतिस्पर्धी पाएको हो । सोही समयमा १२ औं स्थानको अक्सवर्ग र तालिकाको पुछारमा रहेको पेडरवर्न पनि आमने सामने हुँदैछन् । 

आजै राति हुने अन्य खेलहरुमा डुसलडर्फ विरुद्ध साल्के तथा होफेनहेन विरुद्ध एफसी कोलनबीच प्रतिस्पर्धामा हुँदैछ । 


प्रतिक्रिया