प्रिमियर लिगका थप ४ जनामा कोरोना सक्रमण

जेष्ठ १५, २०७७ | एजेन्सी

ईङ्लीस प्रिमियर लिग फुटबलका खेलाडिसहित थप ४ कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएको छ । तेस्रो चरणको परीक्षणका क्रममा थप ४ जनामा सक्रमण देखिएको हो । 

यसअघि पहिलो र दोस्रो चरणको परिक्षणमा ८ जनामा सक्रमण देखिएको थियो । तेस्रो चरणमा १ हजार ८ जनाको परिक्षण गरिएको थियो । यो संगै सामुहिक प्रशिक्षण सुरु हुनुअघि गरिएको परिक्षणबाट लिगका १२ खेलाडी तथा कर्मचारीमा सक्रमण देखिएको छ । 

लिगका खेलाडी र कर्मचारी गरी २ हजार ७ सय ५२ जनाको परीक्षण गरिसकिएको छ । क्लबहरु सामुहिक प्रशिक्षणको तयारीमा जुटिरहेका बेला लिगका खेलाडिहरुमा सक्रमण देखिए पछि क्लवहरु सशंकित बनेका छन् । सक्रमण देखीएका खेलाडिलाई आईसोलेशनमा राखेर अन्य खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिएको लिगले जनाएको छ ।

यसैबीच ईपीएलका सबै क्लबले ‘कन्ट्याक्ट’ प्रशिक्षण सुरु गर्ने पक्षमा मतदान गरेका छन् । क्लबहरुले गरेको यो निर्णयसंगै जुनबाट लिग सुरु हुने सम्भावना बलियो भएको छ । कोरोना महामारीका कारण मार्चमा ईपीएल रोकिएको थियो । 

कोरोना माहामारी सामान्य अवस्थामा आएसंगै क्लबहरुले सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण सुरु गरिसकेका थिए । यो निर्णयसंगै क्लबले समूहमा ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न सक्नेछन् । लिगले विज्ञप्ति जारी गर्दै भनेको छ, 'सबै क्लबले निर्विरोध कन्ट्याक्ट प्रशिक्षणका लागि मतदान गरेका छन् । यसले लिग सुरु गर्ने बाटो खोलेको छ ।’

प्रिमियर लिग फुटबल जुनबाट सुचारु गराउने तयारीमा जुटिरहेका बेला क्लबहरुले पनि त्यसमा साथ दिएका हुन् । यद्यपि लिगका आगामी खेलहरु भने बिना दर्शक खाली रंगशालामा गर्ने तयारी छ ।


प्रतिक्रिया