प्रिमियर लिग जुन १७ बाट सुरु हुने

जेष्ठ १५, २०७७ | एजेन्सी

ईङ्लीश प्रिमियर लिग फुटबल जुन १७ बाट सुरु हुने भएको छ । कोरोना माहामारीका कारण मार्च १३ बाट स्थगित लिग जुन १७ बाट सुरु हुने भएको हो । 

पहिलो दिन २९ औं चरणका बांकी २ खेल हुनेछन् । लिगमा पहिलो दिन एष्टन भिल्ला र सेफिल्ड युनाईटेड तथा म्यानचेष्टर सिटी र आर्सनल बीच खेल हुनेछ । ३० औ चरणका खेलहरु भने जुन १९ देखि २१ सम्म हुनेछन् । प्रिमियर लिग फुटबल सञ्चालन गर्न बसेको क्लब पदाधिकारीको बैठकले लिग सञ्चालनको मिति तय गरेको हो । लिगका बांकी सबै खेल बिना दर्शक खाली रंगशालामा सञ्चालन गरिनेछ ।

लिग सञ्चालनको तयारी स्वरुप प्रिमियर लिगका सबै टोलीले नन कट्याक ट्रेनिङ जारी राखेका छन् । बेलायत सरकारले लिग सञ्चालनका लागी दिईएको मापदण्ड अनुसार आगामी खेलहरु गराउन क्लबहरुले सहमति जनाएसंगै लिग सञ्चालनको मिति तय भएको हो । लिगमा अब ९२ खेल हुन बाँकी छ ।

लिग सुरु हुनुअघि गरिएको खेलाडीहरुको परिक्षणमा १२ जनामा सक्रमण पुष्टि भएको छ । लिगमा आबद्ध खेलाडी र कर्मचारी गरी २ हजार ७ सय ५२ जनाको कोरोना परिक्षण समेत गरिसकिएको छ ।  


प्रतिक्रिया