रोजर फेडरर वर्षकै सर्वाधिक आम्दानी गर्ने खेलाडीमा दरिए

जेष्ठ १७, २०७७

– टेनिस स्टार रोजर फेडरर विश्वकै सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा टेनिस खेलाडी फेडरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् । उनले फूटबलर लिओनल मेस्सीलाई पनि पछि पारेका छन् । ३८ वर्षिय फेडरर वर्षको ८६ दशमलव २ मिलियन पाउण्ड आम्दानी गर्दै ४ स्थान माथि उक्लिएका हुन् । 

क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सूचीमा अटाए । 

जापानी खेलाडी नाओमी ओसाका सर्वाधिक आम्दानी गर्ने महिला खेलाडी बनिन् । दुई पटककी ग्रान्डस्लाम विजेता ओसाकाले ३० दशमलव ७ मिलियन डलर आम्दानी गरेकी छन् । फोब्र्सका सिनियर ईडिटरले कोरोना महामारीका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएकाले टेनिस खेलाडी सर्वाधिक कमाई गर्ने पहिलो खेलाडी बनेको बताएका छन् । 


प्रतिक्रिया