फ्रेइबर्ग १–० गोल अन्तरले पराजित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १७, २०७७

– बुन्डेसालिगाको २९ औ चरण अन्तर्गत गएराति भएको खेलमा बायर लिभरकुसेनले फ्रेइबर्गलाई १–० गोल अन्तरले पराजित गरेको छ । लिभरकुसेनको जितमा २० वर्षिय काई हाबेर्जको गोल निर्णायक बन्यो । योसंगै बायर लिभरकुसेन जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । लिभरकुसेनको २९ खेलबाट ५६ अंक पुगेको छ ।

 एक खेल कम खेलेको आरबी लेप्जिङको ५५ अंक रहेको छ । पराजित फ्रेइवर्ग ३८ अंक जोडेर आठौं स्थानमा यथावत छ । बुन्डेस लिगामा आज राति ५ खेल हुँदैछ । वल्र्फस्वर्ग र फ्रान्कफर्ट, हर्था बर्लिन र अग्सवर्ग, माइन्ज र होफेनहेम , साल्के र वेर्डर ब्रेमेन, तथा बायर्न म्युनिख र डुसेलडर्फबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया