इंग्ल्याण्डमा हुने टेस्ट खेल्न वेस्टइण्डिज सहमत

जेष्ठ १७, २०७७ | काठमाडौं

इंग्ल्याण्डमा आगामी जुलाईमा टेस्ट क्रिकेट खेल्न वेस्टइण्डिजका खेलाडीहरु सहमत भएका छन् । खेलाडी र कर्मचारीहरुको तलब भत्तामा ५० प्रतिशत कटौती सहित इंग्ल्याण्ड भ्रमणमा जान वेस्टइण्डिजले सैद्धान्तिक रुपमा सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ । 

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले समर क्रिकेटको औपचारिक तालिका आगामी साता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । दुई मुलुकबीचको टेस्ट सिरिज सम्भवत जुलाई ८ बाट सुरु हुनेछ । 

सो खेल हेम्प्सायर र वल्र्डट्राफोर्डमा कोभिड–१९ उच्च सुरक्षा सर्तकताका साथ खेलाईने अधिकारीहरुले बताएका छन् । बेलायती सरकारको स्वीकृति चाहिने सो खेल अघि खेलाडीहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राखिने र अन्य सुरक्षा सर्तकता सम्बन्धी नियमहरु पालना गर्नुपर्नेछ । 


प्रतिक्रिया