सोमबारबाट बेलायतमा खेलकुदका सवै गतिविधि सुरु हुँदै

जेष्ठ १८, २०७७ | एजेन्सी

बेलायत सरकारले कोरोना सक्रमणका कारण बन्द गरेको खेलकुद गतिबिधि सुरु गर्न अनुमति दिएको छ । बेलायत सरकारले सोमबारबाट खेलकुद गतिविधि सुरु गराउने निर्णय गरेको हो । 

खेलकुद गतिविधि सञ्चालनका लागि बेलायत सरकारले ३ चरणको विकल्प सहित अनुमति प्रदान गरेको हो । पहिलो चरणमा हुने सम्पुर्ण खेलकुद गतिबिधि सामाजिक दुरी कायम गरी बिना दर्शक गर्नु पर्नेछ । दोस्रो र तेस्रो चरणको नियम भने तत्कालिन परिस्थितिको बिश्लेषण गरी सार्वजनिक गर्ने बेलायत सरकारको तयारी छ । 

मध्य मार्चबाट रोकिएका खेलकुद गतिविधि साढे २ महिना पछि सुरु हुन लागेको हो । सरकारको यो निर्णयले प्रिमियर लिग फुटबल सहित अन्य घरेलु प्रतियोगीता सुरु हुने बाटो खुला भएको छ । ईङल्याण्ड क्रिकेट टोलीले पनि आगामी जुलाई दोस्रो साताबाट क्यारेबियन टोलीसँग घरेलु मैदानमा ३ टेष्टको सिरिज खेल्ने तय भईसकेको छ । 


प्रतिक्रिया