टटनह्याम हट्सपरका एक जनामा कोरोना संक्रमण

जेष्ठ २२, २०७७ | काठमाडौं

इङलिस क्लब टटनह्याम हट्सपरमा आबद्ध एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इङलिस प्रेमियर लिग आयोजकले पछिल्लो समय गरेको परीक्षणका क्रममा सो क्लबका एक जनामा संक्रमण पुष्टि भएको हो ।

यद्यपि, उनको परिचय भने गोप्य राखिएको छ । त्यस्तै उनी खेलाडी वा क्लबको स्टाफ के हुन् भन्ने पनि खुलाइएको छैन । हट्सपरले विज्ञप्ति जारी गर्दै संक्रमित व्यक्तिलाई सात दिनका लागि सेल्फ आईसोलेसनमा पठाइएको जनाएको छ । 

पछिल्लो क्रममा लिग आयोजकले १ हजार १ सय ९७ खेलाडी र क्लबका स्टाफहरुमा कोरोना परीक्षण गरेको थियो । प्रेमियर लिग पुन: सुरु गर्ने योजना अनुसार हालसम्म ५ चरणमा गरी ५ हजार बढीको परीक्षण गरिसकिएको छ । जसमा ५ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । 

आगामी जुन १७ बाट लिग सुरु गर्ने भनिएसँगै प्रेमियर लिगका क्लबहरुको साताको दुई पटक परीक्षण हुँदै आएको छ । 


प्रतिक्रिया