वेर्डर ब्रेमेन रेलिगेसन जोनबाट माथि उक्लिने मौकाबाट चुक्यो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २२, २०७७ | काठमाडौं

जर्मन बुन्डेस लिगामा वेर्डर ब्रेमेनले रेलिगेसन जोनबाट माथि उक्लिने मौका खेर फालेको छ । आइनट्राख्ट फ्रान्कफर्टसँग गएराति ३–० ले पराजित भएपछि ब्रेमेन रेलिगेसन जोनमा थप धकेलिएको छ । ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा फ्रान्कफर्टका स्टेफन इसानकरले दुई तथा आन्द्रे सिल्भाले एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि दोस्रोमा फ्रान्कफर्टले लगालग ३ गोल गरेको थियो ।

जितसँगै फ्रान्कफर्ट २९ खेलबाट ३५ अंक जोडेर ११ औं स्थानमा उक्लिएको छ । पराजित वेर्डर ब्रेमेनको २५ अंक छ । उ तालिकाको १७ औं स्थानमा यथावत छ । १९ अंकसहित पाडेरवर्न पुछारमा छ । बायर्न म्युनिख ६७ अंक जोडेर शीर्षस्थानमा रहँदा बोरुसिया डर्टमन्ड ६० अंक र आरबी लाइप्जिगले ५८ अकंमा बायर्नलाई पछ्याइरहेको छन् ।


प्रतिक्रिया