नेपालले दशैं अघि विश्वकप फुटबल छनोट खेल्ने

जेष्ठ २४, २०७७ | काठमाडौं

एसियाली फुटबल फेडेरेशन एएफसीले कोरोना माहामारीका कारण रोकिएका खेलहरुको नयाँ तालिका निर्धारण गरेको छ । विश्वकप २०२२ तथा एसीया कप क्वालिफायरका छनोट खेलको नयाँ तालिका सार्वजनिक गरिएको हो । 

मार्च र जुनका लागि तय गरिएका खेलहरु अक्टोबर र नोभेम्बरका लागि तय गरिएको एएफसीले जनाएको छ । सातौं र आठौं खेलहरु अक्टोबर ८ र १३ का लागि तय गरिएको छ । त्यस्तै नवौ र दशौ खेल नोभेम्बर १२ र १७ मा राखिएको छ । 

एएफसीको नयाँ तालिका अनुसार नेपालले घरेलु मैदानमा खेल्ने तीनै खेलको मिती तय भएको हो । नयाँ तालिका अनुसार नेपालले अक्टोबर ८ अर्थात असोज गते घरेलु मैदानमा चाइनिज ताइपेइसग खेल्नेछ । त्यस्तै अक्टोबर १३ अर्थात असोज २७ गते काठमाण्डौमै नेपाल र अष्ट्रेलियाबिच खेल हुनेछ । 

आफ्नो अन्तिम खेल नेपालले नोभेम्बर १२ अर्थात कार्तिक २७ गते जोर्डनसंग खेल्ने छ । प्रतियोगीताको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ । 

छनोटमा नेपालले एक मात्र जित हात पारेको छ । नेपाल कुवेतसंग ७–० ले, अष्ट्रेलियासंग ५–० ले तथा जोर्डनसंग ३–० ले पराजित भएको थियो । चाईनिज ताईपेईलाई २–० ले हराएको नेपाल भुटानमा भएको कुवेतसंगको होम म्याचमा १–० ले पराजित भएको थियो । 


प्रतिक्रिया