बार्यन म्युनिखलाई लगातार आठौं उपाधि

असार ३, २०७७

– बार्यन म्युनिखले लगातार आठौ पटक जर्मन बुण्डेसलिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले हराउँदै लिगको दुई खेल अगावै बार्यनले आठौं पटक उपाधि चुमेको हो । बार्यनका लागि पहिलो हाफमा रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो । 

अल्फोन्सो डेभिसले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७९ औं मिनेटमा बार्यन १० खेलाडीमा समेटिएको थियो । जितसँगै बार्यनले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डको ३१ खेलमा ६६ अंक रहेको छ । ३२ खेलमा २८ अंक मात्र जोडेको ब्रेमेन भने अझै पनि रेलिगेसन जोनमा छ । 


प्रतिक्रिया