इङलिस प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्

असार ९, २०७७

– ईङलिश प्रिमियर लिग फुटबल अन्र्तगत आज २ खेल हुँदैछन् । लेष्टर सिटि र ब्राईटन एण्ड होभ एल्बियनबिच नेपाली समयअनुसार राती पौने ११ बजे प्रतिष्पर्धा हुनेछ । तेस्रो स्थानको लेष्टरले घरेलु मैदानमा १५ औ स्थानको ब्राईटनसंग खेल्न लागेको हो । 

मध्यराती पौने १ बजे टटनह्याम र वेष्टह्याम युनाईटेड आमने सामने हुनेछन् । घरेलु मैदानमा हुने खेलमा जित निकाल्न सके टटनह्याम सातौ स्थानमा उक्लनेछ । टटनह्याम ४२ अंकका साथ तालिकाको आठौ स्थानमा रहदा वेष्टह्याम भने पुछारबाट चौथो स्थानमा छ । 


प्रतिक्रिया