प्रेमियर लिगमा चेल्सी र म्यानचेस्टर सिटी भिड्दै

असार ११, २०७७ | काठमाडौं

इंग्लिस प्रेमियर लिगमा बिहीबार राति चेल्सी र म्यानचेस्टर सिटीबीच स्पर्धा हुँदैछ । चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा हुने खेलमा सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले मुख्य रोजाईका खेलाडीलाई विश्राम दिने भएका छन् । 

सर्जियो अग्वेरो चोटका कारण प्लेइङ सेटमा हुने छैनन् । यस्तै, फिकायो टोमोरी र कलुम हडसन पनि आजको खेलमा टिममा हुने छैनन् ।

अग्वेरोको स्थानमा गाब्रियल जिससले खेल्ने भएका छन । जोर्गिन्हो दुई खेलको प्रतिबन्ध पछि टिममा फर्किएका छन् । 

एफ ए कपको आगामी आइतबार हुने न्यूक्यासल विरुद्धको क्वाटरफाइनलका लागि मुख्य खेलाडीलाई आराम दिने लागिएको बताइएको छ ।

चेल्सीलाई आज चोटको कुनै चिन्ता छैन । चेल्सीले सिटीलाई पराजित गरेमा मैदान बाहिरबाट नै लिभरपुलले प्रिमियर लिगको उपाधि जित्नेछ । 

चेल्सी विरुद्धका पछिल्ला ७ खेलमा सिटीले ५ खेल जितेको छ । त्यसमा चेल्सीले एक खेलमा मात्र जित निकालेको छ ।

चेल्सीले प्रिमियर लिगमा पछिल्ला ७ खेलमा एक खेलमात्र हारेको छ । तीन खेलमा जित र ३ खेल बराबरी भएका छन । 

घरेलु मैदानमा पछिल्ला १२ खेलमा चेल्सी अपराजित रहेको छ । आज राति नै आर्सनलले साउथ ह्याम्टन र वाटफोर्डले बर्नलीसँग खेल्नेछ ।


प्रतिक्रिया