अष्ट्रेलिया र न्यजिल्याण्डले संयुक्त रुपमा महिला विश्वकप फुटबलको आयोजना गर्ने

असार १२, २०७७

– अष्ट्रेलिया र न्यजिल्याण्डले संयुक्त रुपमा सन् २०२३ को महिला विश्वकप फुटबलको आयोजना गर्ने भएका छन् । मतदानमा कोलम्बवियालाई पछि पार्दै अष्ट्रेलिया र न्यजिल्याण्डले महिला विश्वकपको आयोजना गर्ने पक्का भएको फिफाले जनाएको छ ।

 यसअघि ब्राजिल र जापानले प्रतियोगिता आयोजना गर्ने सुचिबाट नाम फिर्ता लिएका थिए । फिफा परिषद्का सदस्यहरुको ३५ भोटमध्ये अष्ट्रेलिया र न्युजिल्याण्डले २२ प्राप्त गर्दा कोलम्बियाको पक्षमा भने १३ मात्र परेको छ । 

प्रतियोगितामा हाल २४ टिमको मात्र सहभागि हँुदै आएकोमा आगामी संस्करणबाट भने ३२ टिमले सहभागिता जनाउँदैछन् । खेलहरु भने सन २०२३ को जुलाई देखि अगस्तसम्म हुनेछन् ।


प्रतिक्रिया