रियल भल्लाडोलिडसँग सेभियाले अंक खोस्यो

असार १३, २०७७ | एजेन्सी

स्पेनिस ला लीगा फुटबलको पछिल्लो खेल बराबरीमा सकिएको छ । सेभिया र रियल भल्लाडोलिडले एक एकको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको २५ औं मिनेटमा किको ओलिभासको गोलमा बनाएको अग्रता जोगाउन नसक्दा भल्लाडोलिड अंक बाँड्न बाध्य भयो । ८३ औं मिनेटमा लुकास ओकाम्पोसले सेभियाका लागि बराबरी गोल फर्काएका थिए ।

३२ खेलबाट ५४ अंक जोडेको सेभिया चौथो स्थानमा छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ५५ अंकमा तेस्रो स्थानमा कायम छ । बराबरीले भल्लाडोलिडलाई भने ३५ अंकमा तालिकाको १४ औं स्थानमा पुर्‍याएको छ । 


प्रतिक्रिया