मार्योकाको रेलिगेसन खतरा थप बढ्यो

असार २०, २०७७ | काठमाडौं

एट्लेटिको मड्रिडसँग पराजित भएपछि स्पेनी ला लिगामा मार्योकाको रेलिगेसन खतरा थप बढेको छ । अल्भारो मोराटा चम्किएको खेलमा एट्लेटिको मड्रिडले मार्योकालाई ३–० गोलले हरायो । 

मोराटाले दुई तथा कोकीले एक गोल गरे । जितसंगै एट्लेटिकोले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई थप मजबुत पारेको छ ।

तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मार्योका २९ अंक सहित रेलिगेशन जोनमा छ । पछिल्लो हारले उसमाथि रेलिगेशनको खतरा थप बढेको छ । 

रेलिगेसन जोनभन्दा माथि रहेको सेल्टा भिगोले मार्योका भन्दा एक खेल कम खेल्दै ३४ अंक बटुलेको छ । 

ला लिगामा आज सेल्टा भिगो र रियल बेटिस, रियल भालाडोलिड र डिपोर्टभो आलाभेसबीच प्रतिस्पर्धा हुँदैछ ।  


प्रतिक्रिया