जर्मन कप फुटबलको उपाधिमाथि वार्यन म्युनिखको कीर्तिमानी कब्जा

असार २१, २०७७ | एजेन्सी

वार्यन म्युनिखले कीर्तिमानी २० औं पटक जर्मन कप फुटबलको उपाधि जितेको छ । गएराती भएको फाइनलमा वार्यन लिभरकुशेनलाई ४–२ ले हराउँदै वार्यनले उपाधि कब्जा गरेको हो । 

उसलाई उपाधि दिलाउन रोबर्ट लेबान्डोस्कीले २ तथा डेभिड अल्वा र सर्जी नाब्रीले एकएक गोल गरे । योसँगै लेबान्डोस्कीले जारी सिजन ५० गोल गरेका छन् । समान पोजिशनको खेलमा लिभरकुशेनका लागि स्भेन वेन्डर र केई हाभर्टजले गोल गरे । 

यो सँगै डिसेम्बरयता २६ खेलमा अपराजित रहँदै वार्यनले सिजनका २ उपाधि पनि आफ्नो नाममा लेखाईसकेको छ । वार्यन बुण्डेसलिगा फुटबलमा जारी सिजनको विजेता पनि हो । 


प्रतिक्रिया