बार्सिलोना विजयी

रेडियो कान्तिपुर संवाददाता

असार २५, २०७७ | काठमाडौं

स्पेनिस ला लिगा अन्तर्गत गएरातीको खेलमा स्पानियोललाई हराउँदै बार्सिलोनाले उपाधि माथिको दाबेदारी कायमै राखेको छ । 

बार्सिलोना तालिकाको दोश्रो स्थानमा पहिलो स्थानको रियल मड्रिडसँग दुई अंकको दुरी कायम गर्न सफल भएको हो । लुइस सुवारेजले दोश्रो हाफमा गरेको गोल नै स्पानियोल विरुद्धको जितका लागी पर्याप्त भयो । 

दुवै टोली दश खेलाडीमा सिमित भएको खेलमा बार्सिलोनाले ७४ प्रतिशत बल पोशेसन आफ्नो पक्षमा पारेको थियो । गएराती नै ला लिगामा भिया रियलले गेटाफेलाई ३–१ गोल अन्तरले तथा रियल बेटिसले ओसासुनालाई ३–० ले हराउन सफल भए ।  


प्रतिक्रिया