इपिएलमा लिभरपुल र म्यानचेष्टर सिटीलाई सफलता

रेडियो कान्तिपुर संवाददाता

असार २५, २०७७ | काठमाडौं

इङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा च्याम्पियन लिभरपुल, म्यानचेष्टर सिटी, सेफिल्ड युनाइटेड र बर्नली विजयी भएका छन् । 

जारी सिजनको उपाधि हासिल गरिसकेको लिभरपुलले ब्राइटन एण्ड होभ एल्बियनलाई ३–१ गोल अन्तरले हराएको हो । यो जित सँगै प्रिमियर लिग इतिहासमै कीर्तिमानी अंक लिभरपुलले हासिल गरेको छ । 

उसको ३४ खेलबाट ९२ अंक छ । दोश्रो स्थानको म्यानचेष्टर सिटीको समान खेलबाट ६९ अंक छ । म्यानचेष्टर सिटीले पछिल्लो खेलमा न्युकासल युनाइटेडलाई ५ शुन्यले स्तब्ध पारेको छ । दोश्रो स्थानमा कायम रहेको म्यानचेष्टर सिटी लिग च्याम्पियन लिभरपुलसँग २३ अंकको दुरी छ ।

सेफिल्ड युनाइटेडले वोल्भर ह्याम्पटनलाई १–० ले हराएको छ । प्रिमियर लिगको गएरातीको खेलमा बर्नलीले वेष्टह्याम युनाइटेडलाई १–० ले हराएको छ ।    


प्रतिक्रिया