सिरि ए मा ईन्टर मिलानको बराबरी, एटलान्टालाई फाईदा

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७७ | एजेन्सी

ईटलियन सिरि ए फुटबलको पछिल्लो खेलमा ईन्टर मिलान हेल्लास भेरोनासंग बराबरीमा रोकिएको छ । ३१ औँ चरणको खेलमा ईन्टर र भेरोनाले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । 

प्रतिस्पर्धात्मक खेलको अन्तिम ४ मिनेट सम्हालिन नसक्दा ईन्टर अंक बाड्न बाध्य भयो । ईन्टरको बराबरीले लाजियो र एटलान्टालाई फाईदा पुगेको छ । ३१ खेलबाट ईन्टर मिलानको ६५ अंक भएको छ । 

समान खेलबाट लाजियोको ६८ र एटलान्टाको ६६ अंक छ । गएराती नै युडिनेसेले एसपीएएललाई ३–० ले हराएको छ । 


प्रतिक्रिया