सेभियाको संर्घषपुर्ण जित, लेभान्ते मायोरकासंग पराजित

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७७ | एजेन्सी

सेभियाले युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । ला लिगा फुटबलको ३५ औँ चरणको खेलमा एथ्लेटिको बिल्वाओलाई २–१ लाई हराउदै सेभिया चौथो स्थानमा बलियो बनेको हो । 

एट्लेटिको मड्रिडसंग समान ६३ अंक भएपनि हेड टु हेडमा सेभिया पछि रहदै चौथो स्थानमा कायम रहेको हो । बिल्वाओबिरुद्ध पहिलो हाफमै १–० ले पछि परेको अवस्था उल्टाउँदै सेभियाले पुनरागमन जित निकालेको हो ।

२८ औँ मिनेटमा एण्डर कापाले बिल्वाओलाई अग्रता दिलाएका थिए । ६९ औँ मिनेटमा ईभर बानेगाले सेभियालाई बराबरीमा पुर्याए । त्यसको ५ मिनेटपछि मुनिर अल हदादिले गोल गर्दै टोलीको जित निश्चित पारेका थिए ।

लेभान्तेलाई २–० ले हराएको मायोरका ३२ अंकमा तालिकाको १७ औँ स्थानमा कायम छ । गएराती नै आईबर र लेगानेशले गोलरहित बराबरीको नतिजा निकालेका छन् ।  


प्रतिक्रिया