एष्टन भिल्लाविरुद्ध म्यान युनाईटेडको सहज जित

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७७ | एजेन्सी

ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा म्यानेचेष्टर युनाईटेड विजयी भएको छ । अन्य २ खेल भने बराबरीमा सकिएका छन् ।

एष्टन भिल्लालाई ३–० ले हराउँदै युनाईटेडले शीर्ष चार टोलीसँगको दुरी घटाएको हो । यो जितले च्याम्पियन्स लिग खेल्ने युनाईटेडको लक्ष्यमा थप बल पुगेको छ । ३४ खेलबाट ५८ अंक जोडेको युनाईटेड चौथो स्थानको लेष्टर सिटी भन्दा १ अंकले मात्र पछि छ ।

रेलिगेशन जोनमा रहेको एष्टनभिल्ला बिरुद्ध जित दिलाउन ब्रुनो फर्नाण्डेज, मासन ग्रीनउड र पउल पोग्बाले गोल गरे । ३४ खेलबाट २७ अंक जोडेको एष्टन भिल्ला यो सिजन रेलिगेशनमा पर्ने निश्चित भएको छ ।

टटनह्याम भने रेलिगेशन जोनमा रहेको बर्नमाउथसँग गोलरहित बराबरीमा रोकिएको छ । यो बराबरीले कम्तीमा ३ स्थान माथि चढ्ने टटनह्यामको लक्ष्य चकनाचुर भएको छ । ३४ खेलबाट ४९ अंक जोडेको टटनह्याम नवौँ स्थानमा छ ।

एभर्टन र साउथहेम्प्टनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । 


प्रतिक्रिया