म्यानचेष्टर युनाईटेड साउथहेम्प्टनसँग बराबरीमा रोकियो

रेडियो कान्तिपुर संवाददाता

असार ३०, २०७७ | एजेन्सी

म्यानचेष्टर युनाईटेडले ईङलिश प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । गएराती साउथ हेम्प्टनसंग २–२ को बराबरीमा रोकिएसँगै युनाईटेड शीर्ष तीनमा पुग्न असफल बन्यो ।

 घरेलु मैदानमा निर्धारित समयसम्म २–१ को अग्रता बनाएपनि ईन्ज्युरी समयमा लय गुमाउँदा युनाईटेड अंक बाँड्न बाध्य भयो । खेलमा अग्रता भने १२ औँ मिनेटमा स्टुआर्ड आमस्ट्रडको गोलमा साउथ हेम्प्टनले बनाएको थियो । मार्कुस रासफोर्डले २० र एन्थोनी मार्सीयले २३ औँ मिनेटमा गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाएका थिए ।

 खेलको ईन्ज्युरी समयमा माईकल ओवाफेमीले गोल गर्दै साउथहेम्प्टनको हार टारेका थिए । बराबरीसँगै युनाईटेड ३५ खेलबाट ५९ अंकमा तालिकाको पाँचौँ स्थानमा कायम छ । साउथहेम्प्टन पनि ४५ अंकमा तालिकाको १२ औँ स्थानमा यथावत छ ।  


प्रतिक्रिया