युभेन्टसलाई ३६ औँ पटक सिरी ए फुटबलको उपाधि

श्रावण १२, २०७७ | एजेन्सी

युभेन्टसले कीर्तिमानी ३६ औँ पटक ईटलीयन सिरी ए फुटबलको उपाधि जितेको छ । लगातार नवौं उपाधि हात पार्न युभेन्टसलाई ३६ औँ चरणको खेल नै पर्याप्त बन्यो । 

घरेलु मैदानमा गएराती साम्पडोरियालाई २–० ले हराउँदै युभेन्टसले २ चरणको खेल अगावै उपाधि हात पारेको हो । उसलाई सहज जित दिलाउन क्रिष्टियानो रोनाल्डो र फेडरिको बर्नाडेस्कीले गोल गरे । 

पहिलो हाफको अन्तिम समयमा रोनाल्डोको गोलमा अग्रता बनाएको युभेन्टसका लागि ६७ औँ मिनेटमा फेडरिकोले अर्को गोल थपेको थिए । ७७ औँ मिनेटमा मोर्टेन थ्रोस्वे दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि साम्पडोरिया त्यसपछिको समय १० खेलाडीमा सिमित बनेको थियो । 

खेलको अन्तिम समयमा पाएको पेनाल्टिको अवसरमा रोनाल्डो चुकेपछि सोहि नतिजा निर्णायक बन्यो । ३६ खेलबाट युभेन्टसको ८३ अंकसहित उपाधि जितेको हो ।

गएराती नै रोमाले फियोरेन्टिनालाई २–१ ले तथा लाजियोले हेल्लास भेरोनालाई ५–१ ले स्तब्ध पारे । युडिनेसले काग्लियारीलाई १–० ले हराउदा लिचे बोग्लोनासँग ३–२ ले स्तब्ध बन्यो । टोरिनो र स्पालले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । 


प्रतिक्रिया