इङ्ल्याण्ड र वेष्ट इण्डिजबीचको खेल वर्षाले प्रभावित

श्रावण १२, २०७७ | काठमाडौं

इङ्ल्याण्ड र वेष्ट इण्डिजबीचको तेस्रो तथा निर्णायक टेष्ट क्रिकेटको चौंथो दिनको खेल वर्षाले प्रभावित भएको छ । दिनको खेलको करीब साढे ५ घण्टाको खेल प्रभावित भईसकेको छ । म्यानचेष्टरमा अहिले पनि भारी वर्षा जारी छ ।

इंग्ल्याण्डले दिएको ३ सय ९९ रनको उच्च लक्ष्य पछ्याएको वेष्ट इण्डिजले कमजोर जवाफ फर्काउँदै तेस्रो दिनको खेलको समाप्तिमा २ विकेट गुमाएर १० रन मात्र बनाएको छ । केमर रोच ४ रनमा आउट भए भने जोन चेम्बवेलले खातै खोल्न पाएनन् । 

दुबै विकेट स्टुवार्ड ब्रोडले लिएका छन् । क्रिजमा क्रेग ब्रेथवेट र साही होप छन् । पहिलो इनिङ्समा ३ सय ६९ रन बनाएको घरेलु टोलीले दोस्रो इनिङ्स भने २ विकेटको क्षतिमा २ सय २६ रनमा डिक्लियर गरेको थियो । 

वेष्ट इण्डिज भने पहिलो इनिङ्समा १ सय ९७ रनमा अलआउट भएको थियो । ३ म्याचको सिरिज १–१ को बराबरीमा छ ।   


प्रतिक्रिया