क्लोप बर्ष ब्यवस्थापक घोषित

श्रावण १३, २०७७ | एजेन्सी

लिभरपुलका योर्गन क्लोपलाई बर्ष व्यवस्थापक घोषित गरिएको छ । उनको नेतृत्वमा लिभरपुलले ३० बर्षयता प्रिमियर लिगको उपाधि हात पारेको थियो ।

उनलाई लिग म्यानेजर्स एसोसिएसन (एलएमए) ले बर्षको उत्कृष्ट व्यवस्थापकको अवार्ड दिएको हो । लिड्स युनाइटेडका मार्सेलो बिएल्सालाई भने च्याम्पियनसिपको बर्ष व्यवस्थापक चयन गरिएको छ । उनले लिड्सलाई दोस्रो डिभिजनको लिग उपाधि दिलाउँदै क्लवलाई प्रिमियर लिगमा बढुवा गराएका थिए । 

क्लोपलाई वर्ष व्यवस्थापक चयन गरिएको घोषणा गर्दै म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले उनी त्यसका लागि पूर्ण रुपमा हकदार रहेको बताएका थिए । 


प्रतिक्रिया