टेष्ट सिरिजको उपाधि इङ्ल्याण्डलाई

श्रावण १३, २०७७ | काठमाडौं

कोरोना महामारीका बीच फर्किएको टेष्ट क्रिकेटको पहिलो सिरिज इङ्ल्याण्डले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा वेष्ट इण्डिजलाई २ सय ६९ रनले पराजित गर्दै इङ्ल्याण्डले घरेलु मैदानमा ३ म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।

अन्तिम दिन आज ३ सय ९९ रनको लक्ष्य पछ्याएको क्यारेबियन टोली मात्र १ सय २९ रनमा अलआउट भयो । चौथो दिनको खेल पुरै वर्षाले अवरुद्ध भएको थियो ।

वेष्ट इण्डिजका व्याट्सम्यानहरु आज ईङ्लिस बलर सामु ३७ ओभर एक बल मात्र क्रिजमा टिक्न सके । ६ जनाले दोहोरो अंक छुन नसकेको भ्रमणकारी टोलीको इनिङ्समा साही होपले सर्वाधिक ३१ रन बनाए ।

रोमाञ्चक जित दिलाउन क्रिस वोक्सले ५ र स्टुवार्ड ब्रोडले ४ विकेट झारे । पहिलो इनिङ्समा ३ सय ६९ रन बनाएको घरेलु टोलीले दोस्रो इनिङ्स भने २ विकेटको क्षतिमा २ सय २६ रनमा डिक्लियर गरेको थियो । वेष्ट इण्डिज भने पहिलो इनिङ्समा १ सय ९७ रनमा अलआउट भएको थियो ।  


प्रतिक्रिया