सन्दीप सीपीएल खेल्न जाँदै, पीसीआर नेगेटिभ

श्रावण १४, २०७७ | काठमाडौं

नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रेमियर लिग सीपीएल खेल्न भोलि त्यसतर्फ जाने भएका छन् । 

सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका कारण उनको सहभागिता अन्योलमा रहिरहेका बेला उनी चार्टर विमानमा अमेरिका हुँदै आयोजनास्थल ट्रिनिडाड एण्ड टोबागो जाने भएका हुन् । 

कोरियन एयरको चार्टर विमान मार्फत सन्दीप अमेरिका उड्ने तय भएको व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सरकारले आवश्यक समन्वय गरेपछि उनलाई चार्टर विमान व्यवस्थापन गरिएको सिवाकोटीले बताउनुभयो । 

अमेरिकाबाट आयोजना स्थलसम्मका लागि जाने व्यवस्थापन भने अनुबन्धित जमैका तलावाजले गरेको छ । उनी आईतबार आयोजनास्थल पुग्ने छन् । सीपीएल खेल्न जानुअघि सन्दीपले ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको व्यवस्थापक सिवाकोटीले जानकारी दिनुभयो ।


प्रतिक्रिया