सागमा स्वर्ण जित्ने नेपाली खेलाडिलाई कांग्रेसद्वारा नगदसहित सम्मान

श्रावण १६, २०७७ | ललितपुर

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका स्वर्ण पदक विजेता खेलाडिलाई आज नगदसहित सम्मान गरेको छ । कांग्रेसको केन्द्रीय खेलकुद विभागले आज ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा एक कार्यक्रम गरी सागमा स्वर्ण जित्ने ८० खेलाडिलाई सम्मान गरेको हो । 

घरेलु भूमिमा भएको १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ वटा पदक जितेको थियो । टिम इभेन्टमा समेत गरी स्वर्ण पदक भने ८० जनाको नाममा छ । सभापति शेरबहादुर देउवाले एकल र टिम स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई सम्मान गर्नुभयो । कांग्रेसले एउटा स्वर्ण पदक प्राप्त गर्नेलाई १० हजार, दुई स्वर्ण पाउनेलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजार रुपैयाँ प्रदान गरेको हो । 


प्रतिक्रिया