सुपर लिगको दोस्रो खेलमा ईङल्याण्ड र आयरल्याण्ड भिड्दै

श्रावण १७, २०७७ | एजेन्सी

ईङल्याण्ड र आयरल्याण्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । आईसीसी पुरुष विश्वकप क्रिकेट छनोट अन्तर्गत सुपर लिगको दोस्रो खेल साउथ हेम्प्टनमा नेपाली समयानुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।

तीन म्याचको सिरिजमा घरेलु टोली १–० ले अघि छ । ईङल्याण्ड दोस्रो खेलमा पनि जित निकाल्दै एक खेल अगावै सिरिज जित्ने योजनामा रहदा भ्रमणकारी आयरल्याण्ड भने सिरिज बराबरीमा ल्याउने योजनामा हुनेछ ।

पहिलो खेलमा माथिल्लो क्रमले लय गुमाउँदा सामान्य स्कोरमा समेटिएको आयरल्याण्ड आजको खेलमा त्यसलाई सुधार गर्दै खेल आफ्नो पक्षमा पार्ने योजनामा छ । 

पहिलो खेलमा २८ रन जोड्दा माथिल्लो क्रमका ५ विकेट गुमाएको आयरल्याण्डको ईनिङस पछिल्ला क्रमका व्याट्सम्यानले धानेका थिए । त्यसमा सुधार गर्दै आफ्नो लय समाउन असलाई आज अवसर पनि जुटेको छ ।

ईङल्याण्ड भने भ्रमणकारी टोलीलाई हराउँदै सहजै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ ।  


प्रतिक्रिया