सिरी ए फुटबलको जारी सिजन आज सकिंदै

श्रावण १८, २०७७ | काठमाडौं

ईटालियन सिरी ए फुटबलको जारी सिजन आज राति सकिंदैछ । आज राति अन्तिम चरणका विभिन्न ५ खेल हुँदैछन् । 

उपाधि युभेन्टसले उचाले पनि जारी लिगको अन्तिम चरणको खेलबाट रेलिगेशनमा पर्ने अन्तिम टोलीको टुंगो लाग्नेछ । 

लिस र पार्मा तथा जेनोआ र हेलास भेरोनाबीचको नतिजाले रेलिगेसनमा पर्ने अन्तिम टोलीको छिनोफानो गर्नेछ । 

रेलिगेसन जोनबाट माथि रहेको जेनोआका लागि पनि आजको खेल जित्नै पर्ने दबाब छ । 

अन्यथा रेलिगेसन जोनमा रहेको लीसले नजिता पार्मालाई सुम्पिनु पर्छ । 

लिसको जित र जेनोआको बराबरी वा हारले उसलाई रेलिगेसन भन्दा माथि उकाल्नेछ । यसअघि नै ब्रेसा र स्पल इटालियन सिरी ए बाट घटुवा भइसकेका छन् । 


प्रतिक्रिया