ईङ्ल्याण्ड र आयरल्याण्डको तेस्रो वन डे क्रिकेट आज

श्रावण २०, २०७७ | काठमाडौं

ईङल्याण्ड र आयरल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुँदैछ । एकदिवसीय विश्वकप क्रिकेटको छनोट समेत रहेको सिरिजको तेस्रो खेल साउथहेम्प्टनमा नेपाली समयानुसार साँझ पौने ७ बजे सुरु हुनेछ । 

३ म्याचको सिरिज यसअघि नै घरेलु टोलीले आफ्नो पक्षमा पारिसकेको छ । घरेलु टोली आजपनि भ्रमणकारी टोलीलाई हराउँदै सिरिज क्लिनस्विप गर्ने योजनामा छ । 

आयरल्याण्ड भने सिरिजमा सान्त्वना जित निकाल्ने दाउमा छ । पहिलो खेलको तुलनामा दोस्रो खेलमा निक्कै राम्रो प्रर्दशन गरेको आयरल्याण्ड आफ्नो लय समाउने योजनामा छ । माथिल्ला क्रम कमजोर बन्दा आयरल्याण्ड पछिल्ला क्रमको व्याट्सम्यानको भरमा चल्दै आएको छ । त्यसमा थप सुधार गर्दै आयरिस टोली सुपर लिगमा पहिलो अंक जोड्न चाहन्छ । 

पहिलो खेलमा ६ विकेटको जित निकालेको ईङलिस टोलीले दोस्रो खेलमा ४ विकेटको जितन हात पारेको थियो । ३ म्याचको वन डे सिरिजमा ईङ्ल्याण्ड २–० ले अघि छ । 


प्रतिक्रिया