फुल्ह्याम प्रिमियर लिगमा बढुवा

श्रावण २१, २०७७ | काठमाडौं

फुल्ह्याम प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियन्सीप प्ले अफको फाईनलमा बेन्टफोर्डलाई २–१ ले हराउँदै फुल्ह्याम प्रिमियर लिगमा फर्किएको हो । 

अतिरिक्त समयमा जोए बार्यनले २ गोल गरेपछि फुल्ह्याम प्लेअफ च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको खेलमा खेलको १ सय ५ औं मिनेटमा बार्यनले फुल्ह्यामलाई अग्रता दिलाएका थिए । 

१ सय १७ औं मिनेटमा उनैले अर्को गोल गरेपछि फुल्ह्याम जित नजिक पुगेको थियो । खेलको अन्तिम मिनेटमा हेनरिक डाल्सगार्डले गोल गरेपनि बेन्टफोर्डका लागि पर्याप्त भएन ।

च्याम्पियनसीपबाट यो सिजन लिड्स, वेष्टब्रोम र फुल्ह्याम प्रिमियर लिगमा उक्लिएका छन् । नर्बिच, वाटफोर्ट र बर्नमाउथ प्रिमियर लिगबाट रेलिगेशन मा परेका छन् । 


प्रतिक्रिया