स्वारेज र एट्लेटिकोबीच औपचारिक सम्झौता

आश्विन १०, २०७७ | काठमाडौं

एट्लेटिको मड्रिडले उरुग्वेका स्टाईकर लुईस स्वारेजसँग २ बर्षको सम्झौता गरेको छ । ला लिगाकै अर्को क्लब बार्सिलोनाबाट एट्लेटिको गएका स्वारेज र क्लबबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो । 

स्वास्थ्य परीक्षणसहित आवश्यक सम्पुर्ण प्रक्रियापछि स्वारेज र क्लबबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो । उनी हिजोबाटै टोलीको प्रशिक्षणमा सहभागी भएका छन् । एट्लेटिको मड्रिडले बार्साका तेस्रो सर्वाधिक गोलकर्ता स्वारेजलाई ६ मिलियन युरो खर्चनेछ । बार्सामा उनको तलब ७४ मिलियन युरो थियो । सन् २०१४ मा ईङ्लिश क्लब लिभरपुलबाट बार्सिलोना पुगेका स्वारेजले २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका थिए ।

बार्साका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेज आफ्नो योजनामा नरहेको बताएसँगै उनले क्लब छाडेका हुन् । सिरी ए क्लब युभेन्टस जाने तयारीमा रहेका स्वारेज पासपोर्ट र नागरिकताको समस्याका कारण रोकिएका थिए ।    


प्रतिक्रिया