हैदराबादको मध्यम प्रदर्शन

आश्विन १०, २०७७

इण्डियन प्रिमियर लिग आइपीएलको आठौं खेलमा कोलकाता नाइट राइडर्स विरुद्ध ब्याटिङ गरीरहेको सनराइजर्स हैदराबादले मध्यम प्रदर्शन गरेको छ । अबुधाबीस्थित शेख जायद स्टेडियममा भइरहेको खेलको पहिलो इनिङसमा टस जितेर व्याटिङ गर्ने निर्णय लिएको हैदराबादले यो खबर तयार पार्दासम्म १६ ओभरमा २ विकेट गुमाएर १ सय ११ रन जोडेको छ ।

आजको खेलमा दुबै टिमले केही खेलाडी परिवर्तन गरेका छन् । सनराइजर्स हैदराबादले सन्दीप शर्मा, विजय शंकर, मिचेल मार्सको स्थानमा खलील अहमद, रिधिमान शाह, र मोहमद नावीलाई स्थान दिएको छ यस्तै कोलकाताले निखिल नायक र संदीप वारिएरको स्थानमा वरुण चक्रवर्ती र कमलेश नगरकोटीलाई मौका दिएको छ ।

आजको खेल जिती दुवै टिम अंक तालिकामा खाता खोल्न चाहन्छन् ।


प्रतिक्रिया