ऋषभ पन्त एक साता मैदान बाहिर रहने

आश्विन २६, २०७७ | काठमाडौं

दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी एक साताका खेलहरु गुमाउने भएका छन् । राजस्थान रोयल्ससँगको खेलको क्रममा गत शुक्रबार ह्यामस्ट्रिङको चोट बोकेका पन्त एक हप्ता टोली बाहिर रहने कप्तान श्रेयस ऐरले जनाएका छन् ।

दिल्लीसँग विकेट किपरको विकल्पमा एक मात्र अस्ट्रेलियन एलेक्स केरि छन् । पन्त बाहिर रहँदा केरिलाई खेलाउनै पर्ने बाध्यताका कारण दिल्लीले आइतबार राति सम्पन्न खेलमा आक्रामक ब्याट्सम्यान वेस्ट इण्डियन शिम्रन हेटमायरलाई बाहिर राखेको थियो ।

जारी सिजनमा उत्कृष्ट शुरुवात गरेको दिल्लीले ७ खेलमा ५ मा जित र २ मा हार बेहोर्दै १० अंक बटुलेको छ । तालिकाको दोस्रो स्थानमा रहेको दिल्लीले आठौं खेलमा पर्सि बुधबार दुबईमा राजस्थान रोयल्ससँग खेल्ने छ । नवौं खेलमा दिल्लीले चेन्नई सुपर किंग्ससँग शारजाहमा शनिबार प्रतिस्पर्धा गर्ने छ ।


प्रतिक्रिया