आईपीएलमा कोलकाता र बैंग्लोर भिड्दै

आश्विन २६, २०७७ | काठमाडौं

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सोमबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल हुँदैछ । संयुक्त अरब इमिरेट्सको शारजाहमा हुने खेलमा तेस्रो स्थानमा रहेको कोलकाता र चौंथोमा रहेको बैंग्लोर तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छन् । 

ब्याटिङ पीच रहेको शारजाहमा विस्फोटक ब्याटिङको अपेक्षा गरिएको छ । बैंग्लोरका कप्तान विराट कोहलीले चेन्नाईविरुद्धको पछिल्लो खेलमा एक्लो प्रदर्शन गरी जित दिलाएका थिए । उनले ९० रनको इनिङ्स खेलेका थिए । 

त्यस्तै, पछिल्लो खेलमा किंग्स एलेवन पन्जाबविरुद्ध २ रनको रोमाञ्चक जित दिलाउन कोलकाताका कप्तान दिनेश कात्तिकको अर्धशतकीय योगदान महत्वपूर्ण थियो । कोलकाताको मुख्य चिन्ता नै वेष्ट इन्डिजका सुनिल नारिन र आन्द्र रसेलको फर्म हो । 

उनीहरुले अहिलेसम्म लयमा आउन सकेका छैनन् । कोलाकाता र बैंग्लोरले पछिल्लो ६ खेलमा समान ४ जित हात पारेका छन् । समान ८ अंक भएपछि रनरेटका आधार कोलकाता तेस्रोमा छ ।


प्रतिक्रिया