विश्वकप छनोटमा अर्जेन्टिना र बोलिभिया भिड्दै

आश्विन २७, २०७७ | काठमाडौं

कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा आज ५ खेल हुँदैछन् । आजको पहिलो खेलमा अर्जेन्टिनाले बोलिभियासँग खेल्नेछ । 

बोलिभियाको मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने २ बजे सुरु हुनेछ । एकअर्काबिरुद्ध मैदान उत्रदा अर्जेन्टिना दोस्रो र बोलिभिया पहिलो जितको खोजीमा रहेका छन् । अर्जेन्टिनाले यसअघि इक्वेडरलाई १–० ले हराएको थियो । पहिलो खेलमा ब्राजिलसँग ५–० को पराकिलो अन्तरले पराजित भएको बोलिभिया घरेलु मैदानमा पहिलो अंक जोड्ने योजनामा छ ।

यस्तै विहान पौने ३ बजे इक्वेडर र उरुग्वे आमने सामने हुनेछन् । ईक्वेडरको मैदानमा हुने यस खेलमा घरेलु टोली पहिलो र उरुग्वे दोस्रो जित निकाल्ने दाउमा रहनेछन् ।

विहान पौने ४ बजे भेनेजुएला र पाराग्वे भिड्नेछन् । भोली विहान पौने ६ बजे ब्राजिल र पेरु तथा सवा ६ बजे चिली र कोलम्बिया आमने सामने हुनेछन् । 


प्रतिक्रिया