कोलकत्ताबिरुद्ध बैंग्लोरको शानदार जित

आश्विन २७, २०७७ | काठमाडौं

रोयल च्यालेन्जर्स बैंग्लोरले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पाँचौ जित हात पारेको छ । गएराती कोलकत्ता नाईट राईडर्सलाई ८२ रनले हराउँदै बैंग्लोर तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

बैंग्लोरले दिएको १ सय ९५ रनको लक्ष्य पच्छ्याएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । सुरुवातबाट नै निरिह बनेको कोलकत्ताका शुभमन गीलले सर्बाधिक ३४ रन बनाए । 

आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाएको ईनिङ्समा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । बैङलोरका क्रिस मोरिस र वासिङ्गटन सुन्दरले समान २ तथा नभदिप सैनी, महम्मद सिराज, युजबेन्द्र चहाल र ईश्रु उडानाले समान एक विकेट लिए ।

यसअघि सारजाह क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २ विकेट गुमाएर १ सय ९५ रनको उच्च योगफल तयार पारेको थियो । उसको जितमा एबी डिभिलियर्सले नटआउट ७३ र कप्तान बिराट कोहलीले ३३ रनको योगदान गरे । एरोन फिन्चले ४७ र देवदत्त पाडीक्कलले ३२ रन जोडे ।

कोलकत्ताका आन्द्रे रसेल र अनन्त कृष्णले समान एक विकेट लिए । आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराईजर्स हैदरावाद प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया