एन्फाको प्रदेश कमिटी गठन

आश्विन २७, २०७७ | काठमाडौं

फुटबलका अन्य गतिविधि ठप्प रहेका बेला संघीय संरचना अनुसार अखिल नेपाल फुटबल संघ एन्फाको प्रदेश कमिटी गठन भएको छ । कैलाली र कञ्चनपुर जिल्ला फुटबल संघको सिफारिशमा दिनेश श्रेष्ठको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश फुटबल संघ गठन भएको छ । 

कञ्चनपुरको महेन्द्रगरमा आज बसेको भेलाले महासचिवमा अमृत शाहलाई चयन गरेको छ । त्यस्तै, उपाध्यक्षमा राघवेन्द्र कार्की र तेजबहादुर चन्द, कोषाध्यक्षमा शंकर श्रेष्ठ, सदस्यहरुमा डम्मरी महरा, नृप बुढा, नितेश रावल, हेमकृष्ण रञ्जितकार, गोपाल चौधरी, दिनेश मल्ल, लालमन तामाङ र दिनेश बोगटी चयन भएका छन् ।

सुदूरपश्चिम प्रदेशको कमिटी सर्वसम्मत चयन भएको एन्फाले जनाएको छ । यद्यपि, गठन भएको प्रादेशिक कमिटीलाई एन्फाको कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्ने एन्फा प्रवक्ता किरण राईले बताउनुभयो । 

प्रादेशिक संरचनाको रुपमा यसअघि प्रदेश नम्बर एकमा कमिटी गठन भइसकेको छ । प्रदेश दुईको कमिटीले पनि औपचारिकता पाइनसकेको प्रवक्ता राईले उल्लेख गर्नुभयो । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको समेत कमिटी गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।


प्रतिक्रिया