आईपीएलमा चेन्नईको तेस्रो जित, हैदरावाद पराजित

आश्विन २८, २०७७ | काठमाडौं

चेन्नई सुपर किंग्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा तेस्रो जित हात पारेको छ । आठौं चरणमा गएराती सनराईजर्स हैदरावादलाई २० रनले हराउँदै चेन्नईले उसैसँग अंक बराबरी गरेको हो । 

चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । केन विलियम्सनले ५७, जोनी ब्रेष्टोले २३, प्रियम गर्गले १६ र रासिद खानले १४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । विजय शंकरले १२ रन बनाएको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

चेन्नईका ड्वायन ब्राभो र कर्ण शर्माले समान २ तथा साम कुरान, रबिन्द्र जडेजा र सारदुल ठाकुरले समान एक विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा सेन वाटसनले ४२, आम्बाती रायडुले ४१ र साम कुरानले ३१ रनको योगदान गरे । रबिन्द्र जडेजा २५ रनमा अबिजित रहदा कप्तान महेन्द्रसिंह धोनीले २१ रन बनाए ।

हैदरावादका सन्दिप शर्मा, खलिल अहमद र टि नटराजनले समान २ विकेट लिए । ८ खेलबाट ६ अंक जोडेको भेन्नई तालिकाको छैटौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।   


प्रतिक्रिया